थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो



प्रकाशित मिति : Jun 14, 2020

मुलुकमा थप ४ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय २५ जना संक्रमित थपिएका हुन् । संक्रमितमा ३ सय ७५ पुरुष र ५० महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ७ सय ६० पुगेको छ । मन्त्रालयका अनुसार विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका २५, सुनसरीका १ जना, झापाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका १० जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगञ्जमा पर्साका १७ जना, बाराका ९ जना, सर्लाहीका १ जना, रौतहटका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्की प्रयोगशालामा भएको परीक्षणमा नवलपरासी पूर्वका २ जनामा पुष्टि भएको छ । यस्तै, सेती प्रादेशिक अस्पताल बझाङ ५ जना, डडेल्धुरा २४, डोटीका ३ जनामा, कैलालीका १२ जना, कञ्चनपुर २० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, भेरी अञ्चल अस्पताल प्रयोगशालामा बर्दियाका ३ जना, बाँकेका ३ जनामा, रुकुम पश्चिमका १ जनामा जनामा संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा प्यूठानका २, दाङका ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, जनकपुर प्रादेशिक अस्पतालमा भएको परीक्षणमा रौतहटका १७ जना, धनुषाका १ जनामा संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा भएको परीक्षणमा रामेछापका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, प्रादेशिक अस्पताल रुपन्देहीमा गुल्मीका ८ जना, नवलपरासी पश्चिमका २जना, रुपन्देहीका २० जनामा, पाल्पाका १७ जनामा संक्रमण पुष्टि भएको छ । यता, सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका ४० जना, दैलेखका २९ जनामा संक्रमण पुष्टि भएको छ ।

हेटौंडा प्रयोगशालामा रौतहटका १, सिन्धुलीका १ जनामा संक्रमण पुष्टि भएको छ । शु्क्रराज अस्पतालमा भएको परीक्षणमा धादिङका २५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा रौतहटका ५१, रुपन्देहीका ६, सर्लाहीका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, हालसम्म १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टिनमा छन् भने आइसोलसनमा ४ हजार ७ सय ६७ जना छन् । यस्तै, आज ६१ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ९ सय ७४ पुगेको छ ।

मन्त्रालयका अनुसार मुलुकभर १ लाख ३३ हजार ३ सय ७७ जनाको पीसीआर र आरडीटीबाट २ लाख १० हजार ७ सय २१ जनाको परीक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com