भारतीय वरिष्ठ नेता सुब्रमण्युम स्वामीको प्रश्न : नेपालको भावनामा किन चोट पुर्यायौ ?



प्रकाशित मिति : Jun 14, 2020

एजेन्सी, ३२ जेठ । नेपालले आफ्नो गुमेको लिम्पियाधुरासहितको भूभागलाई समेटेर बनाएको नयाँ नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मत पारित गरेपछि भारतमा अहिले हडकम्प मच्चिएको छ ।

भारतीय नेतादेखि लिएर सञ्चार माध्यमहरुले नेपालको यो निर्णयप्रति कठोर बनेर आलोचना गर्न थालेका छन् भने केहीले अझै वार्तामा जोड दिएका छन् । यसैक्रममा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुब्रमण्युम स्वामीले पनि यसबारे आफ्नो सामाजिक सञ्जाल ट्वीट गर्दै भारतीय नेतृत्वलाई फेरि एकपटक गम्भीर बन्न सुझाव दिएका छन् ।

सुब्रमण्युमले ट्वीटरमा नेपालको भावनालाई चोट पुर्याएको उ भारतसंग टाढिन चाहेको हो भनेर प्रश्न गरेका छन् । उनले भारतको असफलताको कारण त होइन यो अवस्था सिर्जना हुनुमा भनेर प्रश्न पनि गरेका छन् ।

सुब्रमण्युमले लेखेका छन्, “नेपालले कसरी भारतीय क्षेत्रसंग सोध्ने सोच्न सक्छरु कुन कुराले उनीहरूको भावनालाई चोट र्पुयाएको हो र तिनीहरू भारतसँग ढाढिन चाहन्छन् रु के यो हाम्रो असफलता होईनरु विदेश नीतिमा पनि अब पुर्नविचार चाहिने समय आएको छ । ”


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com