विराटनगरमा आज मात्र २५ संक्रमित थपिए, सबै संक्रमित भारतबाट आएका



प्रकाशित मिति : Jun 14, 2020
  • तारा आचार्य

विराटनगर ३२ जेठ । मोरङमा आइतबार २५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै मोरङमा संक्रमितको संख्या ७१ पुगेको छ । भने प्रदेश १ मा संक्रमितको संख्या ३ सय ७१ पुगेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको रतुवामाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमित भेटिएका हुन् । उनीहरु सवै जना भारतबाट आएका पुरुषहरु हुन् । यसै गरी झापामा १ जना र सुनसरीमा १ नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित सवै जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पोजिटिभ रिर्पोट आएको हो ।

प्रदेश १ का जिल्लाहरुमा सवै भन्द बढी झापा जिल्लामा मात्र १ सय ७५ जना संक्रमितहरु छन, भने मोरङमा ७१ पुगेका छन् । यसै गरी सुनसरीमा ५७ पुगेको छ भने ,उदयपुरमा ४३ , धनकुटामा ८ ,भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १ , संखुवासभामा २ जना, इलामामा २ जना र तेह्रथुममा २ जना संक्रमितहरु रहेका छन् ।

प्रदेश १ मा संक्रमिहरु थपिए संगै निको भएर जानेहरुको संख्या पनि १ सय ६६ पुगेको छ । संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा ३४ जना साथै धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३८ र मोरङको गोठगाँउ स्थित आइसोलेसन सेन्टरमा १ सय १८ जनाको उपचार भइररहेको छ ।

उपचार गराइरहेका संक्रमितहरुमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । नयाँ संक्रमितहरुलाई आइसोलेसन अस्पतालमा ल्याउने तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com