उपत्यका प्रवेशका लागि नगरपालिकाको अनुमति चाहिने



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं, ३२ जेठ । काठमाडौं उपत्यका प्रवेश गर्नका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने भएको छ । गृह मन्त्रालयमा आइतबार बसेको बैठकले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि आफू बसोबास गरिरहेका नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरेको हो ।

नगरपालिकाले उपत्यका प्रवेशका लागि अनुमति दिएपछि उक्त अनुमति पत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्ने गृहले निर्णय गरेको छ ।

साथै, जिल्ला प्रशासन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिने जनाइएको छ ।

त्यस्तै काठमाडौं उपत्यकाबाट बाहिर जान चाहनेले अत्यवश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि गृहले निर्णय गरेको छ । साथै काठमाडौं उपत्यकाभित्र जोर विजोर प्रणाली लागू भइसकेको हुनाले जिल्लाभित्रको पास हाललाई बन्द गरिएको पनि जानकारी गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com