दाङमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित १ सय ५२ पुगे



प्रकाशित मिति : Jun 14, 2020
  • सुरेश श्रेष्ठ

दाङ, ३२ जेठ । आइतवार दाङमा एकैदिन ५६ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् । सबैभन्दा धेरै बंगलाचुली गाउँपालिकामा ४५ जना थपिएका छन् ।

स्रोतका अनुसार बंगलाचुली घर भएपनि एकजना भने प्यूठानको माण्डबी गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका व्यक्ति हुन । यो संगै दाङको बंगलाचुलीमा मात्रै सबैभन्दा धेरै ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार गरिएको पीसीआर परीक्षण अनुसार तुलसीपुर उपमहानगरपालिकामा वडा नं. १७ का १जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यो बाहेक जिल्लाका अन्य स्थानका केही व्यक्तिमा समेत संक्रमण फेला परेको छ । आइतवार एकैदिन ५६ जना संक्रमित थपिएपछि दाङमा कोरोना भाइरसका संक्रमितको संख्या १ सय ५२ पुगेको छ ।

यसअघि जिल्लामा ९६जना संक्रमित थिए । दाङमा हालसम्म १० जना उपचार पछि घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com