कर के का लागि ? भन्दै तनहुँका युवाहरु आज पनि उत्रिए प्रदर्शनमा (तस्बीर)



प्रकाशित मिति : Jun 14, 2020
  • सविन लामिछाने,

दमौली, ३२ जेठ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकार असफल भएको भन्दै तनहुँमा आज पनि प्रर्दशन गरिएको छ ।

कोरोना संक्रमण दर बढिरहँदा राज्यले नागरिक दायित्व निर्वाह गर्न नसकेको भन्दै तनहुँका स्वतन्त्र युवाहरुले प्रर्दशन गरेका हुन् ।

अहिलेको संकट समाधानका लागि सरकारले गरेको लगानी नागरिक तहसम्म नपुगेको उनीहरुको गुनासो छ ।

प्लेकार्डसहित उनीहरु सडकमा उपस्थित भएका थिए । कर के का लागि ?, १० अर्ब खै ?, क्वारेन्टाइनमै नागरिक किन असुरक्षित, पीसीआर परीक्षणको दायरा बढाउ, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरु सडकमा उत्रिएका हुन् ।

राष्ट्रिय गानबाट सुरु भएको उक्त प्रदर्शन दमौली बजार परिक्रम पश्चात सकिएको टुंगिएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रिय मुद्धा मात्र नभइ स्थानीय मुद्धाहरुको विषयमा पनि आवाज उठाएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com