संक्रमित बढ्न थालेपछि इरानी राष्ट्रपतिको चेतावनी : देश फेरि लकडाउनमा जानसक्छ



प्रकाशित मिति : Jun 14, 2020

एजेन्सी, ३२ जेठ । इरानका राष्ट्रपति हसन रूहानीले पुनः देश लकडाउनमा जान सक्ने चेतावनी दिएका छन् ।

देशमा कोरोना भाइरसको संक्रमणको घटना बढ्दो क्रममा रहेको र नियन्त्रणको लागि स्वास्थ्य नियमहरु राम्रोसंग पालना नगरिएको खण्डमा देश फेरि लकडाउनमा जान सक्ने चेतावनी रुहानीको छ ।


अप्रिलको तेस्रो सातादेखि इरानले कोरोनाका कारण थोपरिको लकडाउनलाई सहज बनाउन थालिसकेको छ । तर लकडाउन सहज बनाउन थालेदेखि नै इरानमा कोरोना भाइरसको संक्रमणका घटनाहरू बढ्न थालेको छ । शनिबार मात्र इरानमा संक्रमणको २ हजार ४ सय भन्दा बढी रिपोर्टहरु सार्वजनिक भएका छन् ।

यसका साथ इरानमा संक्रमित व्यक्तिको कुल संख्या बढेर १ लाख ८४ हजार ९ सय ५५ पुगेको छ । त्यस्तै कोरोना भाइरसको कारण हालसम्म ८ हजार ७ सय ३० व्यक्तिको मृत्यु भएको छ।

अधिकारीहरूहरुले ईरानमा कोरोना भाइरसको दोस्रो छाल संक्रमणको बढ्दो घटनाहरूले सरकारलाई चिन्तित बनाएको बताइएको छ । ईरान कोरोनाद्वारा मध्यपूर्वमा सबैभन्दा बढी प्रभावित देशहरूमा पर्छ।

राष्ट्रपति हसन रूहानीले गत महिना देशमा लकडाउनको ८० प्रतिशत नियम पालना गरिएको थियो तर अब केवल २० प्रतिशत नियम पालना भइरहेको भन्दै आक्रोश प्रकट गरेका छन् ।

भर्खर इमाम रजा मस्जिदको उद्घाटन गरियो । त्यपछि त्यहाँ ठूलो संख्यामा मानिसहरू जम्मा भए । यसमा धेरै मानिसहरु कोरानाको शिकार हुन सक्नेछछ भनेर राष्ट्रपति रुहानीले चिन्ता व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com