कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ सय ६७ पुग्यो



प्रकाशित मिति : Jun 14, 2020
  • मनिराज पाण्डे,

कालिकोट, ३२ जेठ । कर्णाली प्रदेशमा थप ५२ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेख ३५ र सुर्खेतका १५ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट दैलेखका २ जनामा कोरोना पुष्टि भएको छ । दैलेख अस्पतालबाट २ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ गरी ३ जना डिस्र्चाज भएका छन् ।

कर्णाली प्रदेशमा डिस्र्चाज हुनेको संख्या ९४ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।

हालसम्म दैलेखमा ५३८, सुर्खेत २१२ सल्यान १३७, कालिकोट २८, जुम्ला २४, जाजरकोट ८, मुगु २, हुम्ला १, डोल्पा १ र अन्य प्रदेशका बासिन्दा १६ जना सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६७ पुगेको हो ।

कर्णाली प्रदेशको पश्चिम रुकुममा भने हालसम्म कोरोना संक्रमण नदेखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com