सवारी दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु



प्रकाशित मिति : Jun 14, 2020

परासी, ३२ जेठ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाने क्रममा दुर्घटनामा परी उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

उनी ससवार लु १ झ ३७० नम्बरको सवारी बर्दघाट-त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक घाइते भएका छन् । चालक सोही गाउँपालिकाको वडा ५ का हरिलाल राजभर रहेको प्रहरीले जनाएको छ । घाइते चालकको उपचार भइरहेको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अध्यक्षको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता लाने क्रममा बाटोमै मृत्यु भएको थियो । ५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com