संयमित, भद्र र शान्तिपूर्ण बन्यो युवाहरूको प्रदर्शन (तस्वीरमा)



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं, ३२ जेठ । सरकारविरुद्ध निरन्तर प्रदर्शन गर्दै आइरहेका युवाहरुको समूहले आज पनि काठमाडौंको बौद्धमा प्रदर्शन गरेका छन् ।
संयमित र भद्र देखिएको प्रदर्शनमा विगतमा जस्तो सरकारविरोधी चर्का नाराहरू आज लगाएको सुनिएन ।

प्रदर्शनको क्रममा विभिन्न नाराहरु लेखिएका प्लेकार्ड बोकिएको थियो भने नयाँ नक्सा जारी भएकोमा एकापसमा खुसियाली साटासाट समेत गरेका थिए ।

प्रदर्शनमा राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरशेन (एमसीसी) सम्झौता कुनै हालतमा पनि लागू नगर्न सरकारसँग मौन आग्रह गरेका थिए ।

प्रदर्शनको क्रममा पीसीआर परीक्षणको दायरा बढाउन, क्वारेन्टाइनहरूको प्रभावकारी व्यवस्थापन गर्न लगायत मागहरू लेखिएका प्लेकार्ड पनि बोकिएका थिए ।  अन्त्यमा नेपालको राष्ट्रिय धुन बजाएर आजको विरोध प्रदर्शन टुंग्याइएको थियो ।

तस्वीर : महेश्वर केसी/न्यूज २४


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com