पाकिस्तानमा जन्मिएर भारतीय बनेका गायक सामीले नेपालाई प्रहार गर्दै ‘सिंह र बिरालो’का संज्ञा दिए



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं, ३२ जेठ । पाकिस्तानमा जन्मिएर भारतको गुनगान गाउने गरेका बलिउडका चर्चित संगीतकार तथा गायक अदनान सामीले आफ्नो कुभाव नेपालतर्फ पनि तेर्स्याएका छन् ।

शनिबार नेपाल सरकारले संविधान संशोधन गर्दै कालापानी, लिपलेकसहितको नक्सालाई आधिकारिकता दिएको समाचारलाई ट्वीट मार्फत सेयर गर्दै उनले नेपाललाइ बिरालाे र भारतलाइ सिंहकाे संज्ञा  दिएर नेपालकाे सार्वभौमिकतामाथि प्रहार गरेका छन् ।

उनले ट्विटरमा सिंह र बिरालोआमने-सामने भएको तस्वीर राख्दै क्याप्सनमा लेखेका छन्- ‘डियर नेपाल, सिरियस्ली ।’ अदनान सामी आफ्नो जन्भमूमि पाकिस्तानको नागरिकता त्यागेर भारतको नागरिक बनेर बसेका कलाकार हुन् ।

विगतमा पाकिस्तान र भारतबीच तनाव हुँदै गर्दा पनि पटक-पटक पाकिस्तानविरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएका थिए सामी । उनको जन्म पाकिस्तानको लाहोरमा भएको हो । उनका पिता अर्सद सामी खान पाकिस्तानी एयर फोर्समा लामो समय सेवा गरेर विदेश मन्त्रालयका वरिष्ठ कर्मचारीका रुपमा विभिन्न १४ मुलुकमा कार्यरत रहेका थिए ।

उनकाे बाल्यकाल बेलायतमा बितेकाे थियाे । पछि पाकिस्तान फर्किएका उनले १९९५ मा पाकिस्तानी फिल्म ‘सरगम’ पनि खेलेका थिए । तर पर्यटक भिसा लिएर २००१ भारत छिरेका उनले बलिउडमा आफ्नो करियर बनाए र अाफू पनि भारतीय बने ।

२०१५ मा पाकिस्तानको पासपोर्ट त्यागेर भारतीय नागरिकता लिने भन्दै निवेदन दिएपछि भारत सरकारले उनलाई नागरिकता दिएको थियो । त्यसयता असली भारतीय नागरिक प्रमाणित गराउन पटक-पटक पाकिस्तानकाे विरूद्धमा बोल्दै आइरहेका सामी अहिले भारतीय अन्ध राष्ट्रभक्ति देखाउँदै नेपालविरूद्ध प्रहार गर्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com