नयाँ नक्सामा सरकारले राम्राे काम गरेकाे भन्दै प्रतिबन्धित विप्लवले गरे प्रशंसा



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं, ३२ जेठ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालकाे नयाँ नक्सा जारी गरेर संविधानमै समावेश गर्न सफल भएकाेमा केपी शर्मा ओली नेतृत्वको सरकारको प्रशंसा गरेका छन् ।

शनिबार संसदबाट संविधान संशाधन विधेयक पारित भएर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको अवस्थामा विप्लवले सरकारे कदम प्रशंसनीय रहेकाे बताएका हुन् ।

उनले एक विज्ञप्ती निकाल्दै भनेका छन्, ‘सरकार र संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’ उनले नक्सा मात्र समाधान नभएकाले यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गराउन समेत सुझाव दिएका छन् ।

‘यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तीमा भनिएकाे छ ‘हाम्रो पार्टी देशमाथिका कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रतिबद्धता स्पष्ट गर्न चाहन्छु ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com