रामेछापमा बोलेरो दुर्घटना, घाइतेको उपचारका लागि हेलिकप्टरबाट काठमाडाैँ पठाइयाे



प्रकाशित मिति : Jun 14, 2020

रामेछाप, ३२ जेठ । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको लोप्राङमा बोलेरो दुर्घटना भएको छ । लोप्राङबाट बेथान जाँदै गरेको वा १४ च १६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक कल्याण खत्री र रबीन खत्री घाइते भएका हुन् ।

दुबै जना घाइतेको अवस्था गम्भीर रहेकोले उनीहरुलाई हेलिकप्टरबाट उपचारको लागि काठमाडाैँ पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिनु भयो । बोलेरो सडक बाट करिव दुई सय मिटर तल खस्दा उनिहरुको हातखुट्टा र टाउकोमा चोट लागेको समेत प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com