असार १ गतेदेखि रेडियो र टीभीबाट पढ्न‍ पाइने, यस्तो छ समय तालिका



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं, ३२ जेठ । लकडाउन अवधिभर अब घरमै बसेर विद्यार्थीहरूले दूरशिक्षा लिन पाउने भएका छन् । सरकारले उनीहरुलाई घरमै बसेर श्रव्य–दृश्य सञ्चार माध्यमबाट पढ्न पाउने वातावरण मिलाएको हो ।

गत चैतदेखि नै लकडाउनका कारण स्कुल, कलेजहरु बन्द छन् । उनीहरुलाइ शिक्षाबाट वञ्चित नगर्न शिक्षा मन्त्रालयले असार १ गतेदेखि रेडियो, टीभी र इन्टरनेटको पहुँच तथा उपलब्धताका आधारमा पढ्ने व्यवस्था मिलाएको हो ।

सरकारी विद्यालयहरुका लागि शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले तालिका बनाएर सार्वजनिक गरेको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका तय गरिएको छ । असार पहिलाे र दाेस्राे हप्ता (१ गतेदेखि १२ गतेसम्म) का लागि नेपाल टेलिभिजनको एनटीभी प्लस र  विषयगत पाठ पढाइ हुनेछ ।

यस्तै कक्षा ९ र १० को विषयगत पाठ भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा केन्द्रले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com