पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि



प्रकाशित मिति : Jun 14, 2020
  • इरफान अली

पर्सा, ३२ जेठ । पर्सामा थप १७  जनामा काेराेना संक्रमण भेटिएकाे छ । आइतबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमित हुनेहरुमा ३ महिलासहित १४ पुरुष गरी १७ जना रहेकाे नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका बताए । थपिएका संक्रमितमा पर्साकाे पोखरियाका १० जना रहेका छन् । विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनका २ जना, जिराभवानी/धोबनी गाउँपालिकाका १/१ जना, पर्सागढी नगरपालिकाको एक जना र पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनका २ जना रहेका छन् ।

संक्रमित सबै हालसालै भारतबाट नेपाल अाएर क्वारेन्टाइनमा बसेकाहरू हुन् ।  भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमाेद ठाकुरले बताए ।

संक्रमितहरु २० वर्षदेखि ४५ वर्ष उमेर समूहका रहेका छन् । गत जेठ २४ मा उनीहरुको स्वाब संकलन गरिएको थियो । उनीहरू सबै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com