सालकाे काठ अवैध तस्करी, प्रहरीले राेक्न खाेज्दा भागेकाे बस पल्टियाे



प्रकाशित मिति : Jun 14, 2020
  • सुरेश श्रेष्ठ

दाङ, जेठ ३२ । दाङको बबई गाउँपालिका वडा न ३ हंसपुरमा अबैध सालको चिरा काठ बोकेको बस नियन्त्रणमा आएको छ । हशपुर स्थित पिसियो चोकमा दाङ सुर्खेत रोडबाट आउँदै गरेको ग १ ख ७७०३ नंबर को बस हंसपुर प्रहरी चौकीले रोक्न खोज्दा नराेकी भागेको बस अनियन्त्रित भई पल्टेको थियो ।

बसका चालक तथा सह चालकसहित थप २ जना बस पल्टिएपछि तत्काल भागेका थिए । नियन्त्रणमा लिएको बसमा प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी तथा वन कर्मचरीले छानबिन गर्दा बसभित्र साल जातको टाचा निस्सा नभएको अवैध चिरान काठ २७ थान भेटिएकाे थियाे । काठ तथा बस बरामद गरिएको छ ।

बरामद गरिएको बस तथा सालकाे चिरान काठ ईलाका प्रहरी कार्यालय खिलतपुरले थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय दाङमा बुझाएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक माेहन विक्रम के.सी. ले जानकारी दिनुभयो ।

पुरन्धारा सब डिभिजन वन कार्यालयका स.व.अ. सिद्वान्त बरालका अनुसार घटनाकाे विस्तृत रूपमा अनुसन्धान भईरहेकाे र चाडै नै रूख कटान गर्ने तथा बिक्री वितरणमा संलग्नलाई कानुनी दायरामा ल्याइनेछ ।

वन ऐन २०७६ वमाेजिम वरामद भएकाे बस जफत हुने र विगाे वमाेजिम कारवाही हुने बरालले बताएका छन् । बरामद गरिएकाे बस डिभिजन वन कार्यालय घाेराहीकाे कम्पाण्डमा ल्याई राखिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com