नेपालमा पत्येक १ घण्टामा १२ जना नयाँ संक्रमित



प्रकाशित मिति : Jun 14, 2020

काठमाडौं । प्रत्येक १ घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् ।

पछिल्लो १ साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो १ सातालाई आधार मान्दा पत्येक घण्टामा १२ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएको देखिन्छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो खबर  आजको राजधानी दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com