
- अभिमन्यु लामीछाने
उदयपुर, ३१ जेठ । संसदबाट नेपालको नयाँ नक्सा सर्बसम्मत पास भएपछि देशैभर खुसियाली छाएको छ । नेपालको नयाँनक्सा जारी भएको खुसियालीमा उदयपुरमा पनि नयाँनक्साको तस्बिर बनाउदै दिपावली गरेर खुसियाली मनाइएको हो ।
युवा विद्यार्थीहरुले गाईघाटको लोकतान्त्रिक चौक र कटारीको भुगोल पार्क अगाडि दिपावली कार्यक्रम गरेका थिए । दीपावली कार्यक्रममा नागरिकहरु स्वतस्फूर्त उपस्थिति भएका थिए । नया नक्सा सहितको नेपालको नक्सा बनाएर नक्सा माथि दिप प्रज्वलन गर्दै नागरिकहरुले दिपावली मनाए थिए।
लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँनक्सा जारी भएको उपलक्ष्यमा दिप प्रज्वलन गरिए पछि देशमा खुसियालीको तरंग छाएको बिद्यार्थी नेता विमल कार्कीले बताउनु भयो। कार्कीले भनेू अव नक्सामा मात्र हैन, भुगोल नै नेपालभित्र पार्न सक्नुपर्ने भन्दै त्यसका लागि सरकारलाई हातमा हात, साथमा साथ दिने बताउनु भयो ।
गाईघाटको बिपिचौकमा पनि युवाहरुको समुहले दीप प्रज्वलन गरेर नयाँ नक्सा जारी भएको खुसियाली मनाए । चौकमा भुईमा अबिरले नयाँ नेपालको नक्सा बनाई त्यसमाथि दिपावली गरेका थिए । त्यसैगरी जिल्लाको बेल्टार लगायतका मुख्य बजारहरू र जिल्लाको पालिकाहरूमा पनि भब्यरूपले दिप प्रज्वलन गरी नयाँ नक्सा जारी गरेकोमा खुसियाली मनाइएको थियो ।