नयाँ नक्सा पारित भएको खुशीयालीमा सबै दलको उपस्थितिमा दहचोकमा दीप प्रज्ज्वलन



प्रकाशित मिति : Jun 13, 2020

काठमाडौं, ३१ जेठ । संसदबाट सर्वसम्मत नेपालको नयाँ नक्सा अनुमोदन भएको खुसीयालीमा चन्द्रागिरी नगरपालिका–१ दहचोकमा दीप प्रज्ज्वलन गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, राप्रपासहित सबै राजनीतिक दलको उपस्थितिमा दहचोकको खहरेमा नयाँ नक्सासहित मैनवत्ती बालेर दीप पज्ज्वलन गरिएको हो ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण रहेको बताए ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची–३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण दिनका रूपमा रहेको चन्द्रागिरीका सबै दलका प्रतिनिधिहरूले बताएका छन् ।

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो, भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com