विराटनगरका युवाहरुले दीप प्रज्ज्वलन गरेर स्वागत गरे संविधान संशोधनको



प्रकाशित मिति : Jun 13, 2020
  • तारा आचार्य

विराटनगर, ३१ जेठ । निशान छाप संसोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको उपलक्ष्यमा विराटनगरमा विभिन्न राजनीतिक दलहरु र युवाहरुले दीप प्रज्वलन गरेर खुशियाली व्यक्त गरेका छन् ।

निशान छापमा लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नक्सा कायम हुने भएको छ । उनीहरुले विराटनगरको महेन्द्र चोक र जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि नयाँ नक्सा सहित मैनबत्ती बालेर आपसमा खुशि साटासाट गरेका थिए ।

पहिलो पटक राजनीतिक दलहरुबीच राष्ट्रिय अखण्डताको विषयमा एकमत र एकजुटता देखिएकोमा उनीहरुले उत्साहित भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com