चीनको राजधानी बेइजिङमा कोरोना भाइरसको दोस्रो छाल, पर्यटकमाथि लगाइयो प्रतिबन्ध



प्रकाशित मिति : Jun 13, 2020

काठमाडौं, ३१ जेठ । चीनको बेइजिङमा कोरोना भाइरसको दोस्रो चरणको छालको डरको कारण पर्यटकहरुलाई प्रतिबन्ध लगाइएको छ ।

यो हप्ता चीनको राजधानी बेइजिङको प्रमुख मासु बजारमा संक्रमण देखिएको छ । ति घटनाले महामारीको दोस्रो छाल हुन सक्ने भन्दै चिन्ता बढाएको छ । जसले विश्वव्यापी रुपमा ७७ लाख भन्दा बढी मानिसहरुलाई संक्रमित बनाएको छ, भने ४ लाख भन्दा धेरैको ज्यान लिएको छ।

कोरोना भाइरस पहिलो पटक चीनको हुबेई प्रान्तको राजधानी उहानमा देखिएको थियो । बेइजिको दक्षिण पश्चिमी फेभलगताई जिल्लाका एक अधिकारी चू जुनवेईले जनतालाई भनेका छन्, “त्यो क्षेत्र कोरोना भाइरसको युद्धको बेलामा झै आपतकालीन मोडमा छ ।”

राजधानीले अब सबै खेलकुद कार्यक्रमहरू स्थगित गरिएको छ, जबकि अन्य प्रान्तबाट आएका पर्यटकहरूलाई भ्रमणका लागि अनुमति दिएको छैन । शहरको उत्तर–पश्चिममा रहेको एक कृषि बजारमा अर्को व्यक्तिमा पनि कोरोना भाइरसको सकारात्मक परीक्षण देखिएको छ ।

सरकारले नयाँ केसका कारण युवा विद्यार्थीहरूका लागि सोमबारदेखि विद्यालय खोल्ने योजनालाई पुनः स्थगित गरिएको छ । चीनले शुक्रबार ११ वटा नयाँ कोरोना भाइरसको सात एसिम्प्टोमेटिक संक्रमणको रिपोर्ट गरेको राष्ट्रिय स्वास्थ्य अधिकारीले जनाएका छन् ।

बेइजिङका छ स्थानमा नयाँ संक्रमणहरु पुष्टि भएको पनि अधिकारीहरुको भनाइ छ । भ्रमण गरेका दुईजना अन्य संक्रमित भएको खबर पाएपछि अधिकारीहरूले आज बिहान सबेरैदेखि झिनफादी बजार बन्द गराएका छन् ।
द सनबाट


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com