आरडीटी चेक गर्न गएको डाक्टरको टोलीमाथि ढुंगामुढा



प्रकाशित मिति : Jun 13, 2020
  • मनिराज पाण्डे

कालिकोट , ३१ जेठ । पलाँता गाउँपालिकाको राडुनेटाको क्वारेन्टाइनमा रहेका नागरिकहरुको आडीटी चेक गर्न गएको डाक्डरको टोलीमाथि ढुंडामुढा भएको इलाका प्रहरी कार्यालय थिर्पुले जनाएको छ ।

पलाँता गाउँपालिकाद्धारा सञ्चालित साझा यातायात चडेर थिर्पुबाट राडुनेटा जान लागेको डाक्टर सहित स्वास्थ्यकर्मीको टोलीमाथि ढुंगामुढा गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बलले बताउनु भयो ।

ढुंगामुढा गर्नेहरुको खोजी भइरहेको र दोषीलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलीयाले बताउनु भयो ।

कालिकोटको सदरमुकाम मान्मबाट २२ कोष टाढा रहेको पलाँता गएका डाक्टर सुवास आर्चायसंग फोन सम्पर्क हुन नसकेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो ।

पचालझरना र पलाँता गाउँपालिकामा हेर्ने गरी डाक्टर सुवासको टिम त्यहाँ गएको हो । डाक्टरको टिम अहिले इलाका प्रहरी कार्यालय थिर्पुमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com