नेपालले संविधान संशोधन गरेपछि भारतले भन्यो, ‘समाधान खोज्ने दुई देशको समझदारीको उल्लंघन’



प्रकाशित मिति : Jun 13, 2020

काठमाडौं, ३१ जेठ । नेपालले आफ्नो पूर्णनक्सा निशान छापमा परिवर्तन गर्न संविधान संशोधन गरेपछि भारतले ‘नोट’मा लिएको बताएको छ ।

आज साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको वक्तव्यमा सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने दुई देशको समझदारीको उल्लंघन भएको उल्लेख छ ।

भारतले नेपाली भूमि लिम्यिाधुरा, कालापानी र लिपुलेक आफ्नो भएको दाबी गर्दै आएको छ । विज्ञप्तीमा ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नेपालको नभएको उसको दाबी छ । तर, नेपालले सुगौली सन्धिदेखि नै आफ्नो रहेको प्रमाणहरु सुरक्षित रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com