२ सय ७६ जनाको परीक्षण गर्दा सुदूरपश्चिममा ६४ जनामा संक्रमण पाइयो



प्रकाशित मिति : Jun 13, 2020
  • शीतल भट्ट

कञ्चनपुर ३१ जेठ । शनिबार सुदूरपश्चिममा ६४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो पटक गरिएको कूल २ सय ७६ जनामा परीक्षणमा ६४ जनामा संक्रमण देखिएको हो ।

कैलाली स्थित प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा सुदूरपश्चिममा नयाँ ६४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जसमध्ये डडेल्धुरामा २४, कञ्चनपुरमा २१, कैलालीका ११, बझाङमा ५ र डोटीमा ३ जना गरी सुदूरपश्चिममा ६४ जनामा संक्रमणको पुष्टि भएको हो ।

२१ संक्रमित थपिएसंगै कञ्चनपुरमा कोरोना संंक्रमितको सङ्ख्या ५५ पुगेको छ भने हालसम्म समग्र सुदूरपश्चिमा २ सय ५५ जना कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

यस्तै २४ जना निको भएका छन् भने दुई जनाले ज्यान समेत गुमाइ सकेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com