बाँकेको नरैनापुर क्षेत्रका कोरोना संक्रमित सबै घर फर्के



प्रकाशित मिति : Jun 13, 2020
  • भगतराम थारु,

नेपालगञ्ज, ३१ जेठ । बाँकेको नरैनापुर क्षेत्रका कोरोना संक्रमित निको भएर घर फकेका छन् । कोरोनाको केन्द्र भनेर चिनिने बाँकेको नरैनापुरका सबै १ सय १८ जना कोरोना संक्रमित निको भएर घर फर्केका हुन् ।

कोरोनाको हटस्पट बनेको नरैनापुरका सवै संक्रमित निको भएर घर फर्केको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी गराउनुभयो ।

पछिल्लो समय नरैनापुरमा संक्रमित नदेखिएको प्रजिअ कूरुम्वाङले बताउनुभयो । कोरोनाको हटस्पट बन्दा नरैनापुरमा चारै नाका सिल, निषेधाज्ञा जारी गरी सेना परिचालन समेत गरिएको छ ।

कोरोनालाई जितिसकेका नरैनापुर क्षेत्रमा सुरु सुरुमा केही अभद्र कार्यहरु समेत भएका थिए । पछि नरैनापुर क्षेत्रमा गरिएको जनचेतनामुलक कार्यक्रम, प्रचारप्रसार लगायतका कार्यले उनीहरुमा चेतनाको विकास भएको थियो ।

नरैनापुरका एक जना २५ बर्षीय युवकको मृत्यु समेत भएको छ । नरैनापुरमा एकैदिन ४७ जना कोरोना देखिए पछि त्यस क्षेत्रको स्थिति भयावह बनेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com