प्रधानमन्त्री ओलीको गृह जिल्लामा पनि सरकार विरुद्ध प्रर्दशन



प्रकाशित मिति : Jun 13, 2020
  • राजु पौडेल,

झापा, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आज सरकारविरुद्ध प्रर्दशन भएको छ ।

सरकारले कोरोना भाइरस महामारीका बेला प्रभावकारी काम गर्न नसकेको भन्दै झापाको दमक र बिर्तामोडमा युवा तथा विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् ।

स्वतस्फूर्त निस्केका युवाहरुले विभिन्न प्लेकार्ड लिएर बिर्तामोडको मुक्तिचोक र दमक चोकमा दुई घण्टा बढी प्रर्दशन गरेका थिए । उनीहरुले भौतिक दुरी कायम गरि सडकको मुख्य भागको दायाबाँया उभिएर विरोध प्रर्दशन गरेका हुन् ।

प्लेकार्डमा नेपालको नयाँ नक्सा जारी भएको सरकारलाई धन्यवादसहित पीसीआर परीक्षणको दायरा बढाउन माग गरेका थिए ।

त्यस्तै, कोरोना रोकथामको बहानामा भ्रष्टचार भएको, विपन्नलाई रोगले भन्दा भोकले सताएको, आत्महत्याको घटना बढाएको भन्दै सरकारको विरोध गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com