नेपालको नयाँ नक्साले आज आधिकारिता पाउँदैछ ,सरकारविरुद्ध दबाब नबढाऔं : मनिषा कोइराला



प्रकाशित मिति : Jun 13, 2020

काठमाडौं, ३१ जेठ । अभिनेत्री मनिषा कोइरालाले आफ्नो भूमि प्रति दर्शाएको मायाको कारण उनी हाल निकै चर्चामा छिन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत आज पनि नेपालको नयाँ नक्साबारे एक ट्वीट गरेकी छिन् ।

अभिनेत्री मनिषाले नेपालको संसदले देशको नयाँ नक्सालाई आधिकारिकता दिने गरी संविधान संशोधन गर्ने दिन सरकारविरुद्ध सडकबाट दवाव नदिन आग्रह गरेकी छिन् ।

ट्विटरमार्फत उनले सरकार अहिले यति ठूलो कदम चाल्न लागिरहेको छ भन्दै आजकै दिन उनीहरु सरकारमाथि दवाव दिन खोज्नु सुहाउने पक्ष नभएको बताएकी छिन् र केही समय अगाडि मनिषाले मन्त्रिपरिषदले नेपालको नयाँ नक्सा पारित गरेको समयमा त्यसको समर्थनमा ट्विट गरेकी थिइन् ।

उक्त ट्विटलाई लिएर भारतमा उनको विरोध सुरु भएको थियो । भारतीय मिडियाहरु उनीमाथि खनिएका थिए । उनलाई भारतीय मिडियाहरुले भारतको खाएर चीनको गएको सम्मको आरोप लागएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com