थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो



प्रकाशित मिति : Jun 13, 2020

काठमाडौं, ३१ जेठ । मुलुकमा थप २ सय ७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ७३ जना संक्रमित थपिएका हुन् । संक्रमितमा २ सय ४७ पुरुष र ३६ महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।
मन्त्रालयका अनुसार विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरङका ४, झापाका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कास्की प्रयोगशालामा भएको परीक्षणमा पवर्तका ४ जना, नवलपरासी पश्चिमका १ जनामा पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा महोत्तरीका १, सर्लाहीका २ जना संक्रमित थपिएका छन् । यस्तै, जनकपुर प्रादेशिक अस्पतालमा भएको परीक्षणमा रौतहटका ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा पर्साका ६ र बाराका १ जनामा संक्रमण पुष्टि भएको छ । यता, सुर्खेत प्रादेशिक अस्पतालमा दैलेखका ३० जना, सुर्खेतका ४० जनामा संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा कपिलवस्तुका ५ जना, दाङका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, भेरि अञ्चल अस्पताल प्रयोगशालामा बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, गुल्मी प्रयोगशालामा गुल्मीका २ जना, कपिलवस्तुका २० जना, रुपेन्दहीका ५ जना मा संक्रमण पुष्टि भएको छ ।

यस्तै, जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका ४८ जना, सर्लाहीका ११ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, हालसम्म १ लाख ५० हजार ५ सय ४९ जना क्वारेन्टिनमा छन् भने आइसोलसनमा ४ हजार ४ सय ०४ जना छन् ।

यस्तै, आज ३६ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ९ सय १३ पुगेको छ । मन्त्रालयका अनुसार मुलुकभर १ लाख २७ हजार २ सय ८८ जनाको पीसीआर र आरडीटीबाट १ लाख ९० हजार ५ सय ८२ जनाको परीक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com