
- तारा आचार्य,
विराटनगर, ३१ जेठ । प्रदेश नं. १ मा झापामा ५ जना र मोरङमा ५ जना नयाँ संक्रमित थपिए संगै संक्रमितको संख्या ३ सय ४४ पुगेको छ ।
सनिबार कोशी अस्पताल विराटनगरको प्रयोगशाला ल्यावमा ५ जना र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ५ जनाको पोजेटिभ रिर्पोट आएको हो ।

प्रदेश १ का जिल्लाहरुमा सवै भन्द बढी झापा जिल्लामा मात्र १ सय ७४ जना संक्रमितहरु छन, भने मोरङमा ४६ पुगेका छन् ।
यसै गरी सुनसरीमा ५६ पुगेको छ भने, उदयपुरमा ४३, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १, संखुवासभामा २ जना, इलामामा २ जना र तेह्रथुममा २ जना संक्रमितहरु रहेका छन् ।
प्रदेश १ को ओखलढुङा जिल्ला बाहेक सवै जिल्लामा संक्रमितहरु भटिएका छन् । सवै संक्रमितहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन ।
प्रदेश १ मा संक्रमिहरु थपिए संगै निको भएर जानेहरुको संख्या पनि १ सय ६५ पुगेको छ । धरानबाट शनिवार २ जना डिस्चार्ज भएका छन् ।
संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा ३० जना साथै धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० र मोरङको गोठगाँउ स्थित आइसोलेसन सेन्टरमा १ सय १८ जनाको उपचार भइररहेको छ ।
उपचार गराइरहेका संक्रमितहरुमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन्