कुवेतबाट फर्किएका २ जनामा कोरोनाको आशंका, भक्तपुर क्वारेन्टाइनमा सजगता



प्रकाशित मिति : Jun 13, 2020
  • रामगोपाल तमखु,

भक्तपुर, ३१ जेठ । शुक्रवार कुवेतबाट स्वदेश फर्किएका १ सय ५० मध्ये २ जनामा कोरोना भाइरस संक्रमण शंकास्पद देखिएको भन्दै स्वाबको नमुना संकलन गरेपछि वाँकी १ सय ७ जनालाई भक्तपुर र ४१ जनालाई ललितपुरको क्वारेन्टाइमा राखिएको छ ।

२ जनालाई भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिनुभयो ।

भक्तपुरको खरिपाटी बाँसबारी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा शुक्रवार कुवेतबाट फर्किएका ९ जना बालबालिका सहित १ सय ३ जना र जापानबाट फर्किएका ४ जना गरी जम्मा १ सय ७ जना रहेका छन् ।

यस अघिदेखि यहाँ भक्तपुर अस्पतालका ६ जना, दुबईबाट फर्किएका १२ जना गरी जम्मा १ सय २५ जना रहेको बीर दल गणका प्रमुख कर्णेल शिव पौडेलले जनाकारी दिनु भयो ।

उनीहरुलाई शंकास्पद २ जनाको रिर्पोट नआएसमम क्वारेन्टाइन मै राखिने कर्णेल पौडेलले जानकारी दिनु भयो । यस क्वारेन्टाइनमा शुरु देखि नै सम्पूर्ण व्यवस्थापन बीर दल गण सूर्य बिनायकले गर्दैं आएको छ ।

यहाँ पहिलो पटक गत फागुन ४ गते चीनबाट १ सय ७५ जना नेपाली बिद्यार्थीहरुलाई राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com