गुमेको भूमि फिर्ता लिने सवालमा काँग्रेस सदैव सरकारसंगै अडिग रहने : शेरबहादुर देउवा



प्रकाशित मिति : Jun 13, 2020

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयकमा काँग्रेसको पूर्ण समर्थन रहेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ माथिको दफावार छलफलमा भाग लिदै सभापति देउबाले काली नदीको पूर्वी भाग नेपालकै रहेको स्पस्ट पार्नु भयो ।

उहाँले यसमा दुई मत नै नरहेको प्रष्ट पार्दै आफ्नो पार्टी पूर्ण रुपमा संविधान संशोधन विधेयकको समर्थनमा रहेको बताउनुभयो । उहाँले नेपालका सबै दलका पार्टीहरु यसको समर्थनमा रहेकोमा खुसी पनि व्यक्त गर्नुभयो ।

सभापति देउवाले केन्द्रीय समितिले नै संशोधन प्रस्तावमा समर्थन गर्ने निर्णय गरिसकेकोले जानकारी दिदै भूमि फिर्ता लिने कुरामा काँग्रेस सदैव सरकारसंगै अडिग रहने बताउनुभयो ।

सभापति देउवाले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न गरिएको संविधान संशोधन विधेयकमा काँग्रेस सदैव अविचलित रहने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com