कपिलवस्तुमा थप २९ जनामा कोभिड-१९ पोजेटिभ !



प्रकाशित मिति : Jun 13, 2020
  • मनोज श्रीवास्तव

कपिलवस्तु, ३१ जेठ । कपिलवस्तुमा थप २९ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमित संख्या ६३४ पुगेको स्वास्थ्य कार्यलय, कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले न्यूज़ २४ कर्मीलाई जानकारी दिनुभएको छ ।

जिल्लाकाे मायादेवी गाउँपालिकाका १४ जना, महराजगन्ज नगरपालिकाका ४ जना, कपिलवस्तु नगरपालिकाका ४ जना, शुद्धोधन गाउँपालिकाका २ तथा विजयनगर गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हाे ।

उनीहरूकाे नमुनामध्ये विजयनगर गाउँपालिकाको दाङमा, महराजगञ्ज नगरपालिकाको केन्द्रीय प्रयोगशाला, टेकु काठमाडाैँमा र बाकीकाे प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा परिक्षण गरिएको थियाे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com