३१ जेष्ठ २०७७, शनिबार
  • राजन परियार

सिन्धुली ३१, जेठ । सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा पनि सरकार विरोधी प्रदर्शन भएको छ । सरकारले कोरोनाको पीसीआर परीक्षण नबढाएको, भएका खर्चहरुको विवरण सार्वजनिक नगरेको लगायतका विषयमा शुक्रवार जिल्लाका स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले अब कोरोना नियन्त्रणमा स्थानीय तहले गरेको खर्च पनि सार्वजनिक गरिनु पर्ने माग पनि थपेका छन् ।

सरकारले कोरोना भाइरसको संक्रमण तथा रोकथाममा प्रभावकारी कदम चाल्न नसकेको भन्दै १० अर्व खै रु, कोभिड १९ मा स्थानीय तहले गरेको खर्च सार्वजनिक गर, बन्दाबन्दी अवधिको बैंक ब्याज र कर मिनाह गर, दुईवटा किड्नी किन भिर्नी, खुरुक्क बेची कर तिर्नी, अस्पतालमा भएको हिनामिना छानबिन गर, कोरोना महामारी त छदै छ भष्टाचार महामरी कहिले सम्म, जनता : १० अर्व खै ? ओली हाम्रो इमुनिटी बलियो छ पचाई दियौ, जस्ता सरकार विरोधी नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

नेपाल विद्यार्थी संघ सिन्धुलीको अगुवाईमा भएको प्रदर्शनमा जिल्लाका करिव एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।


कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको १० अर्व खर्च कहाँ कसरी खर्च भयो रु सरकार पीसीआर परीक्षण भन्दा आरडीटी परीक्षण प्रति अग्रसर रहेको खड्काले बताए ।

कोरोना भाइरसको महामारीका वेला पनि सरकारले सुरक्षा अनुभति गर्न नसकेको, कोरोेना भाइरसको नाममा सरकारले भष्टाचार गरेको, आरडीटी परीक्षणलाई खारेज गरी पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने मिश्रको भनाइ थियो ।

कोरोना भाइरसको नियन्त्रणमा सरकारले सकरात्मक कदम चाल्न नसकेको कारण यो विरोध प्रद्धशन गरिएको बताए । संविधान मै सुनिश्चित गरिएको स्वास्थ्यको हकको ग्यारेन्टी होस भन्ने उदेश्ले सरकारको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हौ ।

लकडाउन जारी रहदैगर्दा संक्रमितको संख्या वढेसँगै सरकारको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएको ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV