३१ जेष्ठ २०७७, शनिबार
  • बसन्त खतिवडा

बारा, ३१ जेठ । कोरोना संक्रमणबाट बाराका एक बालकको मृत्यु भएको पुष्टि भएकाे छ । वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएका बाराकाे निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

लामो समयदेखि ज्वरो र निमोनियाले ग्रसित बालकलाई स्थानीय क्लिनकमा औषधि उपचार गरिँदै आएको भए पनि उच्च ज्वरो आएपछि हिजो हेल्थ केयर अस्पताल पुर्याइएको निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले बताउनुभयो ।

उच्च ज्वरो आएका कारण शंका लागेर स्वाव परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको अस्पताललाई उद्धृत गर्दै नगर प्रमुख खनालले बताउनुभयो । मृतक बालकको शव व्यवस्थापनका लागि बाराबाट सुरक्षा टोली अस्पताल पठाईएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो ।

यसअघि गत चैत ४ गते वीरगञ्जकै नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बाराकै ७० वर्षिय वृद्धमा पनि मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV