सरकारविरूद्धको प्रदर्शनलाई प्रियंका कार्कीकाे समर्थन



प्रकाशित मिति : Jun 13, 2020

काठमाडौं, ३१ जेठ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको कामप्रति नायिका प्रियङ्का कार्कीले असन्तुष्टि जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा केही शब्द खर्चंदै उनले मुलुकमा भइरहेको सरकारविद्धको प्रदर्शनलाई समर्थन गरेकी छन् ।

नायिका कार्कीले कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा सरकारले गरेको खर्च पारदर्शिता नभएको साथै पीसीआर परीक्षण गर्नु पर्ने, क्वारेन्टाइन केन्द्रहरू सुरक्षित गर्नुपर्ने सही परीक्षण र क्वारेन्टाइन सुविधाका साथ विदेशबाट आएका नागरिकको व्यवस्थापन गर्नु पर्ने माग राखेकी छन् ।

कोरोना भाइरस नियन्त्रणको काममा सरकारप्रति प्रश्न उठाउँदै सबै युवाहरू एकसाथ उठ्नु महत्वपूर्ण भएको उनले लेखेकी छन् । उनले भनेकी छन्- ‘धेरै जीवन जोखिममा छ र धेरै विषयमा हामी सबै सरकारसँग धेरै नै असन्तुष्ट छौं । सबै युवाहरू एकसाथ जुटे किनकि यो महत्त्वपूर्ण छ।’

‘गैरराजनीतिक युवा आन्दोलनको रूपमा शुरु भएको प्रदर्शनले अब थोरै राजनीतिक मोड लिएको हो कि भन्ने महसुस भएको छ’ -उनले थप भनेकी छन् । कुनै राजनीतिक एजेन्डा वा संलग्नता नभएसम्म यो विरोध एक ठूलो पहल भएको उनले बताएकी छन् ।

‘हाल भैरहेको प्रदर्शन निस्वार्थ रुपमा हाम्रो देश र हाम्रा जनताको सुरक्षाको लागि सुरू भएको उनको ठहर छ,’ कार्कीले लेखेकी छन्, ‘हाम्रो जनता, हाम्रो राष्ट्र, र परिवर्तनका लागि हाम्रो आवाजमा शक्ति छ . यो शक्तिको दुरूपयाेग हुनहुन्न ।’

नायिका कार्कीले प्रदर्शनका क्रममा सामाजिक दुरी कायम नभएको प्रति भने टिप्पणी गरेकी छन् । ‘प्रदर्शनका क्रममा धेरैजना एकैपटक संक्रमित हुने सम्भावना धेरै हुन सक्ने हुँदा युवा संक्रमित भयौँ भने हाम्रो घरमा रहनुभएका अभिभावक, जेष्ठ नागरिक, दीर्घरोगी लगायतलाई संक्रमण सर्ने जोखिम धेरै बढ्न सक्छ,’ उनले भनेकी छन् ।

त्यसले गर्दा परिस्थिति गम्भीर भई हाम्रो देशको स्वास्थ्य पूर्वाधारहरूको अभाव हुने हुनाले सजक रहेर प्रदर्शन गर्न सुझाव दिएकी छन् । ‘प्रदर्शनबाट ठूलो समुहमा संक्रमण सर्यो भने हाम्रा अस्पतालले केसहरु धान्न नसक्ने अवस्था आउन सक्छ । कृपया सामाजिक दूरी कायम राख्नुहोस्। सुरक्षित रहनुहोस्’ उनले भनेकी छन् ।

नायिका कार्कीले घरमा बिरामी, बच्चा वा जेष्ठ नागरिक भएमा प्रदर्सनमा सहभागिता नदेखाउन र अरु उपयुक्त माध्यमबाट आवाज उठाउन अनुरोध गरेकी छन् । उनले आज माइती घरको हुने शान्तिपुर्ण प्रदर्शनको बिषयमा धेरै ठाउँमा आजको प्रदर्शन स्थगित भएको भनेर सुनको पनि उल्लेख गरेकी छन् ।

आज प्रदर्शन भएमा, विरोध प्रदर्शन र हाम्रो नयाँ नक्शा पारित हुने यी दुइ बिषय बीच बिभिन्न झुठो लिंक राखेर गलत समाचार प्रसाशन हुने क्रमलाई हामीले रोक्न नसकिने र यसले भविष्यमा हामीलाइ नै ठुलो हानि पुर्याउने हुनाले आज हाउसलाइ हाम्रो साथ र सहयोग चाहिने उनले बताएकी छन् ।

प्रदर्शनमा जाँदा सामाजिक दुरी कायम गर्दै शान्तिपूर्ण रहन र विरोध प्रदर्शनको नाममा राजनीतिकरण नगर्न समेत उनले आग्रह गरेकी छन् । उनले यो प्रदर्शनलाई सरकारले गम्भीरतापूर्वक लिन अनुरोध गरेकी छन् । जनताको कुरा सुनेर, जनता विश्वस्त हुने गरि सम्बोधन गर्दै आफ्नो देश र जनताको सुरक्षा गर्ने कर्तव्यको पालना गर्नुपर्ने उनकाे भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com