गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि



प्रकाशित मिति : Jun 13, 2020

पाेखरा, ३१ जेठ । गण्डकी प्रदेशमा थप ५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

याेसँगै गण्डकी प्रदेशमा काेराेना सङ्क्रमितको संख्या १ सय ९७ पुगेको छ । स्वास्थ्य निर्देशनालयकाे अनुसार नयाँ थपिनेमा पर्वतका ४ जना र नवलपरासीपूर्वका १ जना रहेका छन् ।

पर्वतको कुस्मा नगरपालिकाका ६ वर्षका बालक र १७ वर्षकी महिला, जलजला गाँउपालिकाका १७ वर्षका पुरुष र महाशिला गाँउपालिकाका १६ वर्षका एक पुरुषमा सङ्क्रमण पुष्टि भएकाे हाे ।

त्यस्तै नवलपरासी, बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

नयाँ सङ्क्रमित सबैलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com