३० जेष्ठ २०७७, शुक्रबार
  • केदार शर्मा,

चितवन, ३० जेठ । भरतपुर अस्पतालले शुक्रबार अन्तिम पीसीआर रिपोर्टको नतिजा नआउँदै ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ ।

अस्पताल प्रशासनले शुक्रबार जारी गरेको सूचनामा उल्लेख गरिए अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाइड लाईन अनुसार उनीहरुलाइ डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा चितवनका तीन जना र नवलपुरका तीन जना रहेका छन् । चितवन भरतपुर महानगरपालिका वडा नम्बर ६ का ३ जना, नवलपुर देबचुलीका २ जना र विनयी त्रिवेणीका १ जना डिस्चार्ज भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा।श्रीराम तिवारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

उनीहरुलाइ घरमा अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न, परिवारका सदस्यहरुसंग एक मिटरको दुरी कायम गर्न, मास्क प्रयोग गर्न, सावुनपानीले मिचीमिची हात धुन र पौष्टिक आहार सन्तुलित रुपमा खान भनिएको छ ।

अस्पतालले पोजिटिभ केसको १४ दिनपछि भाईरसको प्रोटिन व्यक्तिको शरीरमा कायमै रहेर पीसीआर रिपोर्ट नेगेटिभ नआएपनि अन्य व्यक्तिलाई सर्ने सम्भावना अत्यन्त न्यून हुने भएकाले उनीहरुलाई डिस्चार्ज गरिएको मेडिकल सुपरिटेन्डेन्टको दावी छ ।

अस्पताल प्रशासनले बिश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय लगायतको रिपोर्ट र गाइडलाईनको आधारमा डिस्चार्ज गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV