३० जेष्ठ २०७७, शुक्रबार
  • कृष्ण पाण्डे/सुमन कार्की,

पाल्पा, ३० जेष्ठ । पाल्पा बुटवल सडक खण्डको सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा नजिकै ड्यामसाइडस्थित तिनाउँ खोलामा शुक्रबार दिउँसो कार सडकबाट करीब २०० मिटर तल खोलामा खसेको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४०९३ नम्बरको कालो प्लेटको कार आज दिउँसो करीब ३ बजेको समयमा तिनाउ खोलामा खस्दा १ जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्याल रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिएका छन् ।

घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको जानकारी गराइएको छ । त्यस्तै, उक्त कारमा कतिजना सवार थिए भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ ।

साथै खोलामा पानीको वहाव बढेकोले खोजी कार्यमा कठीन भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । दुर्घटनामा अरू पनि हुन सक्ने आशंकामा अहिले खोजी कार्यलाई तीव्र पारिएको छ । घट्ना के–कसरी भएको हो ? भन्नेवारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV