३० जेष्ठ २०७७, शुक्रबार
  • तारा आचार्य,

विराटनगर, ३० जेठ । शुक्रबार प्रदेश १ मा २९ जना संक्रमित थपिए संगै संक्रमितको संख्या ३ सय ३३ पुगेको छ । प्रदेश १ का १३ वटा जिल्लामा संक्रमितहरु भेटिएका छन् ।

शुक्रबार झापाका १२ जनामा, सुनसरीका १० जना उदयपुरका ४ जना, मोरङका २ जना र इलामका १ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पतालको ल्यावबाट १७ जना प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ९ जना धरानको प्रयोगशाला ल्यावबाट ३ जनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश १ को ओखलढुङा जिल्ला बाहेक सवै जिल्लामा संक्रमितहरु भटिएका छन् । सवै संक्रमितहरु भारतबाट आएका हुन । प्रदेश १ का जिल्लाहरुमा सवै भन्दा बढी झापा जिल्लामा मात्र १ सय ६८ जना संक्रमितहरु छन, भने मोरङमा ४१ पुगेका छन् ।

यसै गरी सुनसरीमा ५० पुगेको छ भने ,उदयपुरमा ४३, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, सोलुखुम्बुमा १, संखुवासभामा २ जना, इलामामा २ जना र तेह्रथुममा २ जना संक्रमितहरु रहेका छन् ।

प्रदेश १ मा संक्रमिहरु थपिए संगै निको भएर जानेहरुको संख्या पनि बढ्न थालेको छ धरान शुक्रबार ८ जना डिस्चार्ज भए संगै डिस्चार्ज हुनेको संख्या १ सय ६३ पुगेको छ ।

संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा ३० जना साथै धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ र मोरङको गोठगाँउ स्थित आइसोलेसन सेण्टरमा ८८ जनाको उपचार भइररहेको छ ।

उपचार गराइरहेका संक्रमितहरुमा कुनै लक्षण देखिएको छैन भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । सामान्य लक्षण नभएका संक्रमितहरुलाई आइसोलेसन अस्पतालमा राखेर उपचार गरिने प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितहरुलाई आइसोलेसन अस्पताल गोठगाँउमा ल्याउने तयारी भइरहेको सो मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV