३० जेष्ठ २०७७, शुक्रबार
  • सविन लामिछाने

दमौली, ३० जेठ । कोरोना महामारी नियन्त्रणका नाममा सरकारले गरिरहेको लापरवाही र राज्य कोषको दुरुपयोगका विरोधमा शुक्रबार तनहुँमा युवाहरुले सडक प्रदर्शन गरेका छन् ।

युवाहरुको समूर्ह ईनफ इज ईनफ’ गु्रपको आयोजनामा तनहँुका युवा, युवती, सामाजिक अभियन्ताहरुले तनहुँको दमौली स्थित ट्राफिक चोकमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रर्दशनमा सहभागी युवाहरु सामाजिक सञ्जाल मार्फत भेला भएका हुन् । फेसबुक मार्फत स्थानीय युवाहरुसंग समन्वय गरी राजधानीबाट सुरु आन्दोलनको हिस्सा अन्र्तगत दमौलीमा पनि प्रदर्शन गरिएको बताईएको छ ।

प्रदर्शनमा सहभागीहरुले १० अर्ब खोइ ? बाँच्दासम्म हाहाकार मरेपछि पीसीआर ,सबै नागरिकको पीसीआर टेष्ट अनिवार्य गर, पीसीआर जाँचमा ढिलाइ भएको, सरकारी बजेट अनियमितता भएको, लामो समयको बन्दाबन्दीले जीवन असहज भएको, सांसदलाई दिइएको बजेट, फजुल खर्च जस्ता नारा भएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।

लकडाउनमा जनतालाई घरमा थुनेर सरकारले कोरोना नियन्त्रणको बहानामा राज्य कोषको चरम दुरुपयोग गरिरहेकाले त्यसको विरोधमा सडकमा उत्रिएको प्रदर्शनमा सहभागी युवा अभियन्ता सागर घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV