फिफा वरियतामा नेपाल यथावत स्थानमा



प्रकाशित मिति : Jun 11, 2020

काठमाडौं, २९ जेठ । फिफाको वरियतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहिबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा थयावत रहेको हो । तर, दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा छ ।

वरियतामा नेपालभन्दा अघि भारत र माल्दिभ्स छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण गत मार्चबाट फुटबल गतिवधि रोकिएका छन् । नेपालसहित अन्य राष्ट्रले यो अवधिमा अन्तर्राष्ट्रिय खेल नभएपछि नेपालसहित सबै राष्ट्रको वरियता यथावत छ ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम छ । त्यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा उरुग्वे छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com