१० अर्बले पायो चर्चा सडकदेखि संसदसम्म, पाईपाई हिसाब खोजिनेछ (भिडियो)



प्रकाशित मिति : Jun 11, 2020

काठमाडौं । सरकारले कोरोना नियन्त्रणको लागि खर्च गरेको भनिएको दश अर्व रुपैयाँको बिषय यति वेला संसददेखि सडकसम्म चर्चाको बिषय बनेको छ ।

सरकारले कोरोना नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामग्रीको खरिद लगायतका बिषयमा १० अर्व रुपैयाँ खर्च गरेको बिषय बाहिरिए पछि यो बिषयले नागरिक समाजदेखि सदनसम्म चर्चाको बिषय बनेको हो ।

नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संसद बैठकमा सरकारले १० अर्व कोरोना नियन्त्रणमा गरेको भनिएको खर्च कहाँ कहाँ भयो भनि गम्भीर रुपमा प्रश्न गर्नु भएको थियो ।

सांसद थापाले १० अर्वको हिसाव सरकारसंग माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको खर्च संसदमा एक एक गरी पेश गर्र्ने बचन दिनु भयो । प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा यति कसले बदमासी गरेको आर्थिक अनियमिता गरको भेटिएमा कारवाही गरिने चेतावनी पनि दिनु भयो ।

न्यूज २४ को नियमित कार्यक्रम लकटकमा पूर्व स्वास्थ्य मन्त्री तथा नेकपाका नेता खगराज अधिकारीले स्वास्थ्य मन्त्रालय आफै पनि संकटमा लडेको अवस्था भएको चर्चा गदै सरकारको माथिल्लो तहबाट भष्टाचार नहुने भनि सरकारको बचाऊ गर्नु भयो ।

त्यसैगरी पूर्व महालेखापरीक्षक सुकदेव भट्टराईले सरकारले गरेको सार्वजनिक खर्चको हिसाव किताव बिल भपाई सवै पारदर्शी भई लेखापरीक्षण हुनु पर्ने बताउनु भयो ।

फ्रिडम फोरमका कार्यकारी प्रमुख पत्रकार तारानाथ दाहालले लोकतान्त्रिक शासन पद्धतिमा राज्यले गरेको सार्वजनिक खर्च र आम्दानी पारदर्शी नहुदाँ १० अर्वको बिषयले बढी चर्चा पाएको बताउनु भयो ।

कार्यक्रमको पूर्ण अंश भिडियोमा


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com