२९ जेष्ठ २०७७, बिहीबार
  • मनिराज पाण्डे

कालिकोट, २९ जेठ । कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौंका १ (हाल सुर्खेत चिगाड) जनामा कोरोना पुष्टि भएको हो ।

अहिलेसम्म हुम्ला १, मुगु २, डोल्पा १, जुम्ला २४, कालिकोट २८, जाजरकोट ८, दैलेख ४३४, सुर्खेत ११२, सल्यान १३७ र अन्य प्रदेशका १६ जनामा कोरोना पुष्टि भएको छ ।

रुकुम पश्चिममा भने अहिलेसम्म कोरोना संक्रमण नभएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV