अब एसईई कानुनी रूपमा नै खारेज गरौं, १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं : गगन थापा



प्रकाशित मिति : Jun 11, 2020

काठमाडाैं, २९ जेठ । सरकारले यस वर्षको एसईई परीक्षा नगर्ने र विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गर्ने निर्णय गरेपछि धेरैले सरकारको उक्त निर्णयलाई सकारात्मक भन्दै स्वागत गरेका छन् ।

नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले एसईई कानुनी रुपमै खारेज गर्नुपर्ने सुझाव दिनुभएकाे छ ।  बुधबार साँझ बसेको मन्त्रिपरिषदको यस वर्षको एसईई परीक्षा नलिने निर्णय गरेकाे थियाे । सरकारकाे उक्त निर्णयपछि सांसद थापाले एसईई कानुनी रुपमै खारेज गर्नुपर्ने सुझाव दिनुभएकाे हाे ।

थापाले ट्विट गर्दै भन्नुभएकाे छ, ‘यस वर्ष एसईई परीक्षा नहुने सही निर्णय । कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्याङ्कनबाट निर्धारण हुने व्यवस्था गरौं र अब एसईई कानुनी रूपमा नै खारेज गरौं। कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं । शिक्षा प्रणालीमा परिवर्तनको लागि संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ।’

कोरोना भाइरस संक्रमण जोखिमका कारण २०७६ चैत ६ गतेदेखि तोकिएको परीक्षा मन्त्रिपरिषद्ले चैत ५ गते स्थगित गरेको थियो । एसईईमा झन्डै ५ लाख विद्यार्थीले फाराम भरेका थिए । अब विद्यालयले आन्तरिक मूल्यांकन गरी उनीहरुलाई प्रमाणपत्र दिइनेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com