२९ जेष्ठ २०७७, बिहीबार
  • शीतल भट्ट

कञ्चनपुर, जेठ २९ । कञ्चनपुरको बेलाैरी नगरपालिकामा १४ वर्षीया बालिकामाथि ब’लात्कार भएको छ । बुधबार मध्यराततिर बेलाैरी नगरपालिका- ७ का २५ वर्षीया युवक बिरु चौधरीले ब’लात्कार गरेको किशाेरीले आरोप लगाएकी हुन् ।

मध्यरात झ्यालबाट छिरेर किशाेरी सुतेको कोठामा गई ब’लात्कार गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय बेलौरीको टोली राति नै घटना स्थल पुगेको थियो । किशाेरीले रातिको समयमा आफूमाथि चौधरीले जबरजस्ती करणी गरेको जिकिर गरेकी छिन् ।

घटनाको वास्तविक सत्य तथ्य बुझ्न मेडिकल जाँचको तयारी भइरहेको ईलाका प्रहरी कार्यालय बेलौरीले न्यूज२४ लाई जनाएको छ । आरोप लागेका चौधरीलाई राति नै प’क्राउ गरिएको प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए ।

LIVE TV