२९ जेष्ठ २०७७, बिहीबार

काठमाडाैँ, २९ जेठ । सरकारले पहिलाे चरण अन्तरगत लकडाउन खुकुलाे बनाउने निर्णय गरेसँगै काठमाडाैँमा चहलपहल बढ्न थालेकाे छ । बुधबार सरकारले पहिलाे चरण अन्तरगत २१ सेवा खुल्ने निर्णय गरेकाे थियाे, जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत रहेका छन् ।

पत्यकामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा चल्न दिने निर्णय भएपछि बिहीबार बिहानैदेखि काठमाडाैँका सडकमा सवारी साधनहरू चल्न थालेका छन् । मानिसहर सकड तथा फुटपाथमा हिडिरहेका पनि देखिन्छन् । तर प्रहरीले चेकिङ पनि कडाइ गरिरहेकाे छ ।

प्रायः पसहलहरू खुलेका छन् । पूजा सामग्री पसल समेत पशुपति क्षेत्रमा फुटपाथमै खुलेकाे देखिएकाे छ । किराना लयागत अन्य अत्यावश्यक सामग्रीका पसल भने यसअघि पनि बिहान खुलै हुने गर्थे । बिहीबार सडक किनारमा ट्याक्सी समेत तयारी अवस्थामा राखिएका देखिएकाे छ ।

चाबहिल, गाैशाला, गणेश मन्दिर पशुपति क्षेत्रमा बिहानै देखिएका केही दृश्य यहाँ राखिएकाे छ-

 तस्वीर : महेश्वर केसी/न्युज २४

प्रतिक्रिया दिनुहोस्
LIVE TV