बुण्डेस लिगा : फ्र्यांकफर्टलाई पराजित गर्दै बार्यन म्युनिख पुग्यो फाइनल



प्रकाशित मिति : Jun 11, 2020

काठमाडौं, २९ जेठ । जर्मन बुण्डेस लिगा अन्तर्गत गएराति भएको खेलमा बार्यन म्युनिख विजय भएको छ । बिगतका सिजनमा लगातार सातौं पटक लिग च्याम्पीयन बनेको बार्यन म्युनिखले
गएराति भएको सेमिफाइनल खेलमा फ्र्यांकफर्टलाई १ का बिरुद्ध २ गोलले पराजित गरेर फाइनलको स्थान पक्का गरेको हो ।

योसँगै बार्यन म्युनिखको च्याम्पीयन बन्ने सम्भावना बलियो भएको छ । बार्यन म्युनिखको जीतमा पेरिसिकले खेलको १४ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै लेवान्डोस्कीले ७४ औं मिनेटमा अर्को गोल थपेका थिए । उता फ्र्यांकफर्टका ड्यानी डा कोस्टाले पनि खेलको ६९ औं मिनेटमा एक गोल गरेपनि उसलाई जीतको लागि पर्याप्त भएन ।

अब बार्यन म्युनिखले यसअघि नै फाइनलको स्थान सुरक्षित गरेको लेभरकुजन सँग उपाधिका लागि खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com