२८ जेष्ठ २०७७, बुधबार

काठमाडौं, २८ जेठ । मधेशी समुदायबारे विवादास्पद अभिव्यक्ति दिएपछि विवादमा तानिएका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आगामी दिनमा यस्ता अभिव्यक्ति नदोहो¥याउन मधेशी आयोगले सचेत गराएको छ ।

आयोगले एन्फा अध्यक्षलाई यस्ता क्रियाकलाप आगामी दिनमा नदोहोर्याउनु भन्दै विज्ञप्ती मार्फत सचेत गराएको हो । संसदसम्म शेर्पाको अभिब्यक्तिको विरोध भएकोमा आयोगको ध्यानाकर्षण भएको र सोही आधारमा आयोगमा विभिन्न उजुरी परेकोले छानविन गरिएका आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

शेर्पा आफै आयोगमा पुगेर स्पष्टीकरण दिनु सकारात्मक रहेको र जवाफमा पनि सकारात्मकता देखिएको भन्दै एकपटकलाई सचेत मात्र गराउने निर्णयमा पुगेको आयोगले जनाएको छ ।

यसअघि अध्यक्ष शेर्पाले एक अनलाइनमा अन्तर्वाताका क्रममा तराईका राष्ट्रियताको कम देखिएकाले ग्रासरुट फुटबलमार्फत राष्ट्रियता सिकाउने विवादास्पद अभिब्यक्ति दिएका थिए ।

शेर्पाको विवादास्पद अभिब्यक्तिलाई लक्षित गरी संघीय संसदमा समाजवादी पार्टीका सांसदहरुले अविलम्ब निलम्बन गरी छानविनको दायरामा ल्याउनुपर्ने माँग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV