२८ जेष्ठ २०७७, बुधबार

एजेन्सी, २८ जेठ । चीनले अष्ट्रेलियामा अध्ययन गरिरहेका आफ्ना विद्यार्थीहरूलाई सावधानी अपनाउन चेतावनी दिएको छ । आउँदो दिनमा उनीहरूले जातिवादको आक्रमण सामना गर्नु पर्ने हुन सक्ने चेतवना दिएको हो ।

चीनको शिक्षा मन्त्रालयले यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै महामारीको बेला अष्ट्रेलियामा एसियाली मूलका मानिसहरु बीच विभेदका धेरै घटनाहरू भएको उल्लेख गरिएको छ ।

धेरै मुद्दा तथा विषयमा एशियाली नागरिकहरूलाई जानाजानी लक्षित गरिएको र विश्वव्यापी रूपमा फैलिरहको कोरोनाको प्रकोप अझै प्रभावकारी रूपमा नियन्त्रण नगरिएकोले विश्वविद्यालयको खुला क्याम्पस घुमाउन र घुम्न जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । तर अष्ट्रेलियाका शिक्षामन्त्री दान तेहानले चीनको यस दावीलाई अस्वीकार गरेका छन् । विश्वविद्यालयहरू पूर्णतया सुरक्षित रहेको उनले बताए ।

उनले भने, ‘अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अध्ययन गर्ने लोकप्रिय ठाउँ हो किनकि अष्ट्रेलियाले यो सफलतालाई बचाउन सफल भएको छ, हामीसँग विभिन्न सांस्कृतिक पृष्ठभूमिबाट आएका विद्यार्थीहरु छन् जसले विश्व स्तरीय शिक्षा पाइरहेका छन् ।

उनले अगाडि थपे, “हामी पनि कोरोना नियन्त्रण गर्न सफल भएका छौं। त्यसैले हाम्रा विश्वविद्यालयहरू पूर्ण रूपमा सुरक्षित छन् ।” सन २०१९ मा, अष्ट्रेलियामा अध्ययन गर्ने चिनियाँ विद्यार्थीहरूको संख्या २० लाख भन्दा बढी थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV