२८ जेष्ठ २०७७, बुधबार

एजेन्सी, २८ जेठ । अमेरिकी कोरोना भाइरस विशेषज्ञ र ह्वाइट हाउस सल्लाहकार डाक्टर एन्थनी फौचीले चेतावनी दिएका छन्, “कोरोना महामारी तत्काल समाप्त हुनेवाला छैन।”

मंगलबार एक सम्मेलनमा बोल्दै उनले यस संकटलाई विश्वकै सबैभन्दा ‘नराम्रो सपना’ रहेको बताए । उनले भने, “चार महिनामा यसले सारा विश्वलाई हल्लायो। यसले एकदम थोरै समयमा विश्वभरि लाखौं मानिसहरूलाई संक्रमित गरेको छ ।”

फौचीले भने “कोरोना फैलिनुको सबैभन्दा ठूलो कारण संक्रामक सम्भावना र संक्रमित व्यक्तिहरूको विश्वव्यापी यात्रा थियो।” उनले यो भाइरसको संक्रमणविरुद्धको चाँडै खोप भेट्टाउने विश्वास पनि व्यक्त गरेका छन् ।

विश्वमा हालसम्म ७० लाख भन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् र अहिलेसम्म ४ लाख भन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV